"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको आधिकारिकताबारे देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रकाशित मिति :  20 January, 2026 6:38 pm


काठमाडौँ- निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई मान्यता दिने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज (मंगलबार) न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए। अदालतले केही प्रश्नको निरूपण हुन जरूरी रहेको भन्दै अन्तरिम आदेश दिन नमानेको हो। अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश भने दिएको छ। साथै रिटलाई अग्राधिकार दिने निर्णय गरिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिएको थियो। त्यसपछि देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको भन्दै कार्यसमिति भंग गर्नुपर्ने माग गर्दै रिट दायर गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय