"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको आधिकारिकताबारे देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रकाशित मिति :  20 January, 2026 6:38 pm


काठमाडौँ- निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई मान्यता दिने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज (मंगलबार) न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए। अदालतले केही प्रश्नको निरूपण हुन जरूरी रहेको भन्दै अन्तरिम आदेश दिन नमानेको हो। अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश भने दिएको छ। साथै रिटलाई अग्राधिकार दिने निर्णय गरिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिएको थियो। त्यसपछि देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको भन्दै कार्यसमिति भंग गर्नुपर्ने माग गर्दै रिट दायर गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने