"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्रालयद्धारा हतियार बुझाउन अपिल

प्रकाशित मिति :  21 January, 2026 9:19 pm


काठमाडौं – आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार बुझाउन भनेका हुन् । निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियारसमेत चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्रशासन हतियार बुझाउन भनेको हो ।

यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा लाइसेन्सप्राप्त हतियार बुझाउन भन्दै सूचना निकाल्दै आएको छ । यसका साथै गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ताका लागि प्रहरीले काम गरिहरेको बताएको छ ।

मंगलबार मात्रै गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री ओमप्रकाश अर्यालले माघ महिनाभित्र सबैजसो हतियार फिर्ता ल्याउने प्रयास भइरहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौं – निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार