"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्स सुपर सिक्समा

प्रकाशित मिति :  22 January, 2026 12:49 pm


काठमाडौँ — नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुगेको छ । रुविना क्षेत्री र सीता रानामगरको साहसलाई पन्छाउँदै नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २ रनले पराजित गरी प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै अर्को चरणको यात्रा पक्का गरेको हो ।

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । जवाफमा आएको नेपालले ७ विकेट गुमाई १ सय ३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई विजयका लागि १३ रन चाहिने अवस्थामा नेपालले ११ रन मात्र बनाउन सकेको थियो । अन्तिम बलमा छक्का प्रहार गरेको भए स्कोर बराबर हुने थियो, तर रुविनाले ४ रनमात्र प्रहार गर्न सकेकी थिइन् ।

रुविनाले ३२ बलमा अविजित ३७ रन बनाइन् । सो क्रममा उनी नेपालबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनिन् । यसअघि कप्तान इन्दु बर्माले नेपालबाट १ हजार रन बनाइसकेकी छन् । रुविनाले आफ्नो इनिङ्सका क्रममा ५ चौका प्रहार गरिन् । सीता १२ बलमा २७ रन बनाई अविजित रहिन् । उनले १२ बल खेली ४ चौका र १ छक्का प्रहार गरिन् । नेपालको यो लगातार दोस्रो हार हो ।

यसअघि ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले नेपाललाई पुन अर्को खेलमा राम्रो सुरुआत दिलाएका थिए । तर विन्दु १८ रनमा रनआउट हुनु नेपालको दुर्भाग्य बन्यो । विन्दुले १५ बल खेली ४ चौका प्रहार गरिन् । सम्झनाले ८ बल खेलि ३ चौकासहित १४ रन बनाइन् ।

तर पूजा महतो ८, कप्तान इन्दु बर्मा ६ र रुविना क्षेत्री ४ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । कविता जोशी १३ रनमा आउट भइन् । उनले १८ बल खेलि २ चौका प्रहार गरिन् । कविता कुँवर १ रनमै आउट भइन् ।

नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरेको थियो । सोमु विष्टले ओपनर फेबे मोल्केनबोइरलाई शून्यमै पेभेलियन फर्काइन् । अर्की ओपनर हिथर सिगर्सले ५ बल खेलि ३ चौका प्रहार गरि १३ रन बनाई पुजा महतोको बलमा आउट भइन् ।

पहिलो २ ओभरमा दुवै ओपनरलाई गुमाए पनि कप्तान बाबेटे डी लिड र स्टेरे कालिसले तेस्रो विकेटमा ७९ रनको साझेदारी गरे । रिया शर्माले कालिसलाई बोल्ड गरि यो साझेदारी तोडिन् । नेपाली भूमिमा निकै उच्च प्रर्दशन गर्दै आएकी कालिसले ३४ बल खेली २ चौका प्रहार गर्दै ३० रन बनाइन् ।

डी लिडले ४९ रन जोडिन् । रुबिना क्षेत्रीबाट कट एन्ड बोल्ड भएकी उनले ४७ बल खेलि ७ चौका प्रहार गरिन् । रुविनाले फ्रेडेरिक ओभरडिकलाई ५ रनमा आउट गरिन् । रुविनाले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । रोबिन रिज्के १७ बल खेलि ३ चौका प्रहार गरी १९ र इरिस ज्वेलिङ ९ बल खेलि २ चौका प्रहार गरि १४ रन बनाई अविजित रहिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी महिला टी२० विश्वकप खेल्ने नेपालको सपना फेरि अधुरै रहेको छ। स्कटल्यान्डसँगको खेलमा लज्जास्पद हार ब्यहोरेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको

काठमाडौँ – आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा‌ नेपाल थाइल्यान्डसँग पराजित भएको छ।आइतबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो