"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार सर्वसम्मत घोषणा गरेका छौँ : उपसभापति शर्मा

प्रकाशित मिति :  23 January, 2026 6:57 pm


काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समस्यालाई परिवक्व ढंगले हल गर्ने क्षमता कांग्रेस सभापति गगन थापासँग मात्रै रहेको बताएका छन्। केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको सन्दर्भमा उपसभापति शर्माले यस्तो बताएका हुन्।

‘उहाँसँग प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता छ,’ उनले भने,‘त्यसैले बैठकले सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो।’ शर्माले परिवर्तनको अपेक्षालाई आफ्नो पार्टीभित्र अभ्यास गर्ने पार्टी कांग्रेस नै भएकाले अब मुलुकको प्रधानमन्त्रीको रुपमा सभापति थापालाई अघि सारिएको बताए।

सरकारमा रहेका भएका कमीकमजोरीलाई सच्चाउँदै नयाँ भिजनका साथ मुलुकलाई अघि बढाउने काम कांग्रेसले मात्रै गर्न सक्ने उनले बताए। कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुसार निर्वाचनमा होमिने निर्णय गरेको छ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको आठ दिनपछि थापाले शुक्रबार पार्टी कार्यालय सानेपा पुगेर पदबहाली गरे। पार्टी कार्यालय सानेपामा पहिलोपटक बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने निर्णय गरेको छ।

पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। सभापति थापा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने