"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउँछ : स्वास्थ्यमन्त्री

प्रकाशित मिति :  26 January, 2026 7:37 pm


तनहुँ – स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा कार्यक्रम प्रभावित हुन सक्ने सूचनामा सत्यता नभएको दाबी गर्दै मन्त्री गौतमले बाहिर आएको जस्तो समस्या नरहेको दाबी गरिन् ।

तनहुँमा रहेको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको अनुगमन र अवलोकनका लागि आएकी मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा देखिएको बेथितिलाई हटाउने र आवश्यक आर्थिक स्रोत पहिचान गर्ने काम भइरहेकाले समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

उनले स्वास्थ कर बापतको रकम सरकारले स्वास्थ्य बीमा सञ्चालन गर्न सहयोग गरे मात्र पनि समस्या समाधान हुने भन्दै आर्थिक संकटको अवस्था भने रहेको स्वीकार गरिन् । मन्त्री गौतमले यस अस्पतालको स्तरोन्नतिमा सरकार गम्भीर भएर लागेको बताइन् ।सरकारबाट आर्थिक स्रोत सहित प्राप्त गर्न सकिने उपचारमूलक कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा