"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउँछ : स्वास्थ्यमन्त्री

प्रकाशित मिति :  26 January, 2026 7:37 pm


तनहुँ – स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा कार्यक्रम प्रभावित हुन सक्ने सूचनामा सत्यता नभएको दाबी गर्दै मन्त्री गौतमले बाहिर आएको जस्तो समस्या नरहेको दाबी गरिन् ।

तनहुँमा रहेको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको अनुगमन र अवलोकनका लागि आएकी मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा देखिएको बेथितिलाई हटाउने र आवश्यक आर्थिक स्रोत पहिचान गर्ने काम भइरहेकाले समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

उनले स्वास्थ कर बापतको रकम सरकारले स्वास्थ्य बीमा सञ्चालन गर्न सहयोग गरे मात्र पनि समस्या समाधान हुने भन्दै आर्थिक संकटको अवस्था भने रहेको स्वीकार गरिन् । मन्त्री गौतमले यस अस्पतालको स्तरोन्नतिमा सरकार गम्भीर भएर लागेको बताइन् ।सरकारबाट आर्थिक स्रोत सहित प्राप्त गर्न सकिने उपचारमूलक कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार