"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी- २० विश्वकप : रोकियो महिला क्रिकेट टोलीको सपना

प्रकाशित मिति :  27 January, 2026 10:05 am


काठमाडौँ- आईसीसी महिला टी२० विश्वकप खेल्ने नेपालको सपना फेरि अधुरै रहेको छ। स्कटल्यान्डसँगको खेलमा लज्जास्पद हार ब्यहोरेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। यसपटक घरेलु मैदान र समर्थकको फाइदा समेत उठाउन सकेन। स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमा अलआउट भएसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो।

नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक १४ रन बनाइन्। रोमा थापा १४ रनमा अविजित रहिन्। रुविना क्षेत्रीले १० रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। पहिलो इनिङ्समा सानदार सुरुवात गरेको नेपाली टोली दोस्रो इनिङ्समा सम्हालिन सकेन। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।

नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्। ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनिषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्। रुविना क्षेत्रीले ओपनर विन्३ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन दिइन्। उनले अन्तिम ओभरमा लगातार २ विकेट लिदै स्कटल्यान्डलाई कम स्कोरमा रोकिन्।

रिया शर्मा-सीता रानामगर र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे। मनिषा उपाध्यायले पहिलो ओभरमा नै २ विकेट लिदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छिन्। मनिषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्।

स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा