"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  28 January, 2026 6:47 pm


काठमाडौँ –  बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सो मुद्दामा सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, सो विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगका अनुसार उनीहरू विरुद्ध बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा वास्तविक भए गरेको कार्यभन्दा गलत बिल राखी बढी मुल्याङ्कन गरी गराइ बढी भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ।

आयोगका अनुसार विष्टविरुद्ध २० लाख एक हजार ७९९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। बित्थडचिर गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख एक हजार ७७९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरू विरुद्ध सजाय हुन माग दाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा कर्मचारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार

काठमाडौं – आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ । गृह मन्त्रालयको

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार