"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  28 January, 2026 6:47 pm


काठमाडौँ –  बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सो मुद्दामा सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, सो विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगका अनुसार उनीहरू विरुद्ध बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा वास्तविक भए गरेको कार्यभन्दा गलत बिल राखी बढी मुल्याङ्कन गरी गराइ बढी भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ।

आयोगका अनुसार विष्टविरुद्ध २० लाख एक हजार ७९९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। बित्थडचिर गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख एक हजार ७७९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरू विरुद्ध सजाय हुन माग दाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा