"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यानडा विरूद्ध नेपाल ६ विकेटले विजयी

प्रकाशित मिति :  5 February, 2026 4:56 pm


टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ। बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा १६२ रनको लक्ष्य हासिल गरेको हो। चार विकेटको क्षतिमा उक्त लक्ष्य प्राप्त गरेको हो।

ओपनर आशिफ शेखले ५८ रन, सन्दिप जोराले ४४ रन र गुल्शन झाले ३१ रन बनाएका थिए। कुशल भुर्तेलले १२ रन र दीपेन्द्र सिंह ऐरी ९ रन बनाएका थिए। पहिलो इनिङ्समा क्यानडाका लागि नभनित धलिवालले ४१ रन, श्रेयस मोभ्भाले ३८ रन, कनववारपल तथागुरले २५ रन र निकोलस किर्टनले १० रन बनाएका थिए।

नेपालका लागि सन्दिप लामिछाने, कुशल भुर्तेलले दुई-दुई विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले एक-एक विकेट लिएका थिए।यसअघि युएईविरूद्ध भएको अभ्यास खेलमा नेपालले ७ विकेटको जित हासिल गरेको हो। अब नेपालले आइतबार विश्वकपको पहिलो खेल इंग्ल्यान्डविरूद्ध खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा