"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरा-१८ मा पुनः मतगणनाको माग गर्दै निवेदन

प्रकाशित मिति :  24 May, 2022 1:03 pm


पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरिएको छ । 

वडामा खसेको मतभन्दा गणना भएको मत कम भएका कारण पोखरा १८ बाट एमालेका उम्मेदवार पुष्कल थापा र नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । 

४ हजार ३ सय ४८ मत खसेको वडामा ४ हजार ३ सय ४८ मतको नतिजा सार्वजनिक भएको थियो । जसमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाले ३ मतान्तरले विजयी भएका थिए । 

तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याएका थिए भने एमालेका थापाले १ हजार ६ सय ४० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक