"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

प्रकाशित मिति :  24 May, 2022 7:32 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालनमा ल्याउने भएको छ। आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा विमानस्थल यसै वर्ष भित्रमा सञ्चालनमा ल्याउने बताएकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि उखु किसानले उखु क्रसिङ भएकै वर्ष पैसा पाउने बताएकी छन्।

संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले आगामी वर्षदेखि किसानलाई उखु क्रसिङ भएकै वर्ष पैसा दिने नीति लिएको बताएकी हुन्।
गत वर्ष उखु किसान उद्योगी तथा सरकारबाट उखुको पैसा नपाएको भन्दै काठमाडौं माइतीघरमा आन्दोलन गर्न आएका थिए।

राष्ट्रिय योजना आयोगको सिफारिसमा परेका आयोजनाहरूले मात्र बजेट पाउने भएका छन्।

मन्त्रालयहरूबाट समयमै निर्माण सम्पन्न हुन नसक्ने र राजनीतिक स्वार्थका आधारमा नयाँ आयोजनाहरू पनि बजेटमा सिफारिस गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्न यसपटकबाट आयोगको सिफारिसमा मात्रै बजेट विनियोजन गर्न लागिएको हो।

हेर्नुस् पूर्णपाठ



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः