"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल इटालीसँग १० विकेटले पराजित

प्रकाशित मिति :  12 February, 2026 6:39 pm


काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी रुपमा नेपाललाई कुनै अवसर नै दिएन । 

मुम्बईको वानखडे रंगशालामा बिहीबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा १ सय २३ रनमा अलआउट भयो । मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले आक्रामक ब्याटिङ गरेपछि इटालीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो । उनीहरुले नेपाली बलरलाई कुनै मौका नदिएपछि नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको हिसाबमा सबैभन्दा ठूलो हार स्विकार्न बाध्य भयो । 

पावर प्लेको पहिलो ६ ओभरमा बिना क्षति ६८ रन जोडेको इटालीले १० ओभरमा ९७ रन जोडेर विजयको औपचारिकतामात्र बाँकी राखेको थियो । जस्टिन ६० र एन्थोनी ६२ रन बनाई अविजित रहे । जस्टिनले ४४ बल खेल्दै ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बल खेली ३ चौका र ६ छक्का प्रहार गरे । 

यसअघि हतारमा देखिएको नेपालको ब्याटिङ सुरुआत राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा १० बलमा ५ रन बनाई आउट भएपछि नेपालले सुरुआतदेखि दबाबमा खेलेको थियो । ६ ओभरमा ४६–१ को स्थितिमा रहेको नेपाल १० ओभरमा ६७–३ को स्थितिमा पुगेको थियो । 

कप्तान रोहित पौडल र आसिफ शेखलाई आउट गर्दै इटाली खेलमा फर्किएको थियो । क्रिसन कालुगामागेको बलमा रोहित बाउन्ड्री लाइनमा क्याच दिन पुगे । उनले १४ बल खेली २ छक्का प्रहार गर्दै २३ रन बनाए । दुई बलपछि आठौं ओभरमा आसिफ पनि बेन मानेन्टीको बलमा स्टम्प आउट हुन पुगे । आसिफले २० बल खेलि २ चौका प्रहार गरि २० रन बनाए । 

दीपेन्द्रसिंह ऐरी १८ बलमा १७ रन बनाई बोल्ड आउट भए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । लोकेश बम ३ रनमै आउट भए । उनले पनि ठूलो सट प्रहार गर्नेक्रममा बेन मानेन्टीको बललाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे । ओपनिङ बलरको रुपमा आएका अफ ब्रेक बलर मानेन्टीले ४ ओभरमा ९ रनमात्र खर्चेर २ विकेट लिए । 

आरिफले नेपालबाट सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ३ चौका प्रहार गर्दै २७ रन बनाए । गुलशन झाले पुनः एक पटक निराश बनाए । उनले ४ बलमा ३ रनमात्र बनाउन सके । नन्दन यादव शून्यमा रनआउट भए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा