"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई डिजिटल हब बनाउने गगन थापाको योजना [भिडियो]

प्रकाशित मिति :  16 February, 2026 1:34 pm


काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले आफू प्रधानमन्त्री बनेपछि सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यापक परिवर्तन गर्ने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडिओमा उनले आईटी क्षेत्रका लागि आफ्नो स्पष्ट रोडम्याप रहेको उल्लेख गरे।

थापाले केही महिनाअघि कीर्तिपुरको एक कार्यक्रममा कीर्तिपुरकै डाँडामा बसेर ल्यापटप चलाउँदै युवाहरूले महिनाको तीन/चार लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने वातावरण बनाउन सकिने बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर आफू ट्रोल भएको स्मरण गर्दै उनले त्यो कुनै हावादारी वा उडन्ते सपना नभई सम्भव योजना भएको दाबी गरे।

उनले अघिल्लो सरकारको कार्यकालमा अध्यादेशमार्फत सूचना प्रविधि क्षेत्रमा केही सुधारका कदम चालिएको र त्यसबाट सकारात्मक संकेत देखिएको पनि बताए। उनको भनाइमा नेपालमा आईटी क्षेत्रमा केही प्रगति भए पनि त्यो पर्याप्त छैन। आईटी सेक्टरमार्फत ग्लोबल स्तरका अवसर भित्र्याउने आफ्नो प्रतिबद्धता रहेको उनले बताए।

भिडियोमा हेर्नुहोस :

https://www.facebook.com/reel/904361789120879



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा