"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मध्यपूर्वीमा नेपालीको सुरक्षा प्रबन्धका सम्बन्धमा मन्त्रिपरिषदको बैठकमा छलफल

प्रकाशित मिति :  1 March, 2026 8:16 pm


काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे दिइने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको जानकारी दिए।

उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वी क्षेत्र जान लागी अलपत्र परेका यात्रुहरूको समस्या समाधान भइसकेको जानकारी दिए।

यसका लागि श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरी समाधान गरेको उनले बताए।  त्यसैगरी, ट्रान्जिटमा फसेका कामदार र यात्रुहरूका लागि परेको असुविधाबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिए। 

‘ट्रान्जिटमा रहेका कामदार र यात्रुहरूलाई परेको असुविधाबारे छलफल भए। उहाँहरूको सुविधाका लागि हरेक देशका राजदूतावासको सम्पर्कमा आएर उहाँहरूलाई गन्तव्यसम्म पुर्‍याउने वा जान नसक्नेहरूलाई सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्ने गरी समाधान भइसकेको छ,’ उनले भने।

त्यसैगरी अहिलेलाई मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीहरू सुरक्षित रहेको र सुरक्षाको प्रबन्धका लागि राजदूतावासले समन्वय गर्ने पनि उनले बताए। नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न नसकिने पनि परराष्ट्र मन्त्री शर्माले बताए। अहिले मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद