समानुपातिकतर्फ मतगणनामा पनि रास्वपाको तीव्रता कायमै
काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ। आयोगको तथ्यांकअनुसार अहिलेसम्म ३९,२३,१२२ मत गणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्रै १९,४६,३५८ मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले ६,६४,४७८ मत ल्याएको छ। नेकपा एमालेले ५,५९,०९८ मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २,६४,५३८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १,४२,२४८ मत ल्याउँदा श्रम संस्कृति पार्टीले ८४,२६२ ल्याएको छ।
राष्ट्रिय परिवर्तन पार्टीले ४३,४४२ मत पाउँदा जनता समाजवादी पार्टी ४२,८१० मत पाएको छ।
पुरा विवरण तलको लिङ्कमा हेर्नुहोस ।
https://result.election.gov.np/PRVoteChartResult2082.aspx













