"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियन ब्याट्रिजको ब्रान्ड एम्बासडरमा दीपेन्द्रसिंह चयन

प्रकाशित मिति :  23 March, 2026 9:33 pm


काठमाडौं — नेपालको ऊर्जा समाधान प्रदायक कम्पनी एसियन ब्याट्रिज लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आधिकारिक ब्रान्ड एम्बासडर चयन गरेको छ ।

कम्पनीले दीपेन्द्रलाई ‘फेस अफ द ब्रान्ड’ को रूपमा सार्वजनिक गरेको हो । मैदानमा दीपेन्द्रले देखाउने असाधारण ऊर्जा, सटिक प्रदर्शन र अटुट भरोसा कम्पनीको मूलमन्त्र ‘चल्छ ढुक्कले’ सँग पूर्ण मेल खाने भएकाले उनीसँग साझेदारी गरिएको कम्पनीले जनाएको छ ।

यो सहकार्यले नेपाली उद्योग र खेलकुद क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । एसियन ब्याट्रिजका अध्यक्ष सुरेश लोहनीले भने, ‘दीपेन्द्रलाई आफ्नो संस्थाको परिवारमा स्वागत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै उनको जाँगरिलो व्यक्तित्व र उत्कृष्ट खेल कौशलले आफ्नो ब्रान्डको पहिचानलाई युवावर्ग र देशभरका ग्राहकमाझ नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको बताए ।

क्रिकेटर दीपेन्द्रले प्रतिष्ठित विदेशी ब्रान्डसँग जोडिन पाउँदा निकै उत्साही भएको बताउँदै गुणस्तर र भरोसालाई प्राथमिकता दिने यस कम्पनीसँगको सहकार्यले उपभोक्तामाँझ सकारात्मक ऊर्जा प्रवाह हुनेमा विश्वस्त रहेको बताए ।

यो साझेदारीले एसियन ब्याट्रिजको बजार विस्तार र ब्रान्ड भ्याल्यूलाई आगामी दिनमा थप सुदृढ बनाउने र युवापुस्तामाँझ दीपेन्द्रको लोकप्रियताले कम्पनीको डिजिटल र ग्राउन्ड लेभल क्याम्पेनलाई थप प्रभावकारी बनाउने अपेक्षा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- न्युजिल्यान्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्यान्डमाथि

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी