"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउनेछु : मेयर बालेन साह  

प्रकाशित मिति :  27 May, 2022 1:47 pm


काठमाडौं  । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरवासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख साहले नागरिकको आशाअनुरूप सहरको मुहार फेर्ने बताए।

उनले भने, ‘आगामी पाँच वर्षमा निर्वाचनको समयमा नागरिकसामु गरिएको वाचालाई इमानदारी साथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु ।’ बिहान ९ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उनी आफ्नो समर्थकसँग विजय र्‍यालीसहित सहर परिक्रमा गरिरहेका छन् । 

सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुन: तिनकुने हुँदै सिनामंगल, एयरपोर्ट, तिलगंगा, गौशाला, चाबहिल, महाराजगन्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीमाटी, टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवाद सभामा परिणत हुनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक