"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउनेछु : मेयर बालेन साह  

प्रकाशित मिति :  27 May, 2022 1:47 pm


काठमाडौं  । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरवासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख साहले नागरिकको आशाअनुरूप सहरको मुहार फेर्ने बताए।

उनले भने, ‘आगामी पाँच वर्षमा निर्वाचनको समयमा नागरिकसामु गरिएको वाचालाई इमानदारी साथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु ।’ बिहान ९ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उनी आफ्नो समर्थकसँग विजय र्‍यालीसहित सहर परिक्रमा गरिरहेका छन् । 

सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुन: तिनकुने हुँदै सिनामंगल, एयरपोर्ट, तिलगंगा, गौशाला, चाबहिल, महाराजगन्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीमाटी, टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवाद सभामा परिणत हुनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले