"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने विश्व बैंक प्रक्षेपण

प्रकाशित मिति :  8 April, 2026 8:36 pm


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो बताएको हो ।

खासगरी कृषि उत्पादनमा आएको कमी र खाडी मुलुकमा चर्किएको युद्धको असरले नेपालको अर्थतन्त्रमा समेत असर पारेको उसको भनाइ छ । यद्यपि, नयाँ सरकार गठन हुनु र आर्थिक सुधारका पक्षमा काम हुँदै जाँदा यो अवस्थामा अझ सुधार हुन सक्नेसमेत विश्व बैंकका अधिकारीहरूले जनाएका छन् ।

मध्यपूर्वमा जारी द्वन्द्व र भदौमा भएको आन्दोलनको प्रभाव अर्थतन्त्रमा देखिने समेत विश्व बैंकले जनाएको छ । गत आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत थियो । पुनर्निर्माण, जलविद्युत् विस्तार र स्थानीय तथा प्रदेश तहको निर्वाचनले आगामी आवमा भने आर्थिक वृद्धिदर ४.४ प्रतिशतसम्म पुग्ने अनुमान विश्व बैंकले गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले चालु आव ६.५ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय

काठमाडौँ- नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग बिहीबारदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ। भारततर्फ