"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आइसिसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न महिला क्रिकेट टोली रुवान्डा प्रस्थान

प्रकाशित मिति :  15 April, 2026 10:26 pm


काठमाडौँ- नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आईसीसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ। उक्त टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ।

यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआटु र इटालीको सहभागिता रहने छ।

नेपालले यही वैशाख ५ गते अमेरिकासँग पहिलो खेल खेल्ने तालिका छ। नेपालले दोस्रो खेल वैशाख ६ गते इटलीसँग, तेस्रो खेल वैशाख ९ गते रुवान्डासँग, वैशाख ११ गते भानुआटुसँग, वैशाख १३ गते अमेरिकासँग, वैशाख १५ गते रुवान्डासँग, वैशाख १७ गते भानुआटुसँग तथा वैशाख १८ गते इटालीसँग खेल्नेछ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतोसहित रुवि पोदार, रोमा थापा, बिन्दु रावल, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय तथा टोलीको मुख्य प्रशिक्षकमा हषर्ल पाठक रहेका क्यानले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा