"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२० आई खेल्दै नेपाल

प्रकाशित मिति :  17 April, 2026 1:19 pm


काठमाडौँ- आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदान मा यूएईविरुद्ध हुने टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली सार्वजनिक गरेको हो। यसपटक पूर्वकप्तान रोहित पौडेल भने १५ सदस्यीय टोलीमा समावेश भएका छैनन्।

टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। मल्लले पछिल्लो पटक टी-२० विश्वकप एसिया छनोट खेलेका थिए भने साउदले सन् २०२२ मा केन्याविरुद्ध खेल्दै अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति जनाएका थिए।

यसैगरी सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा समावेश भएका छन्। क्यानका अनुसार ओडिआई टोलीको नेतृत्व भने रोहितले नै गर्नेछन्।

टोलीमा

दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहाब आलम, शेर मल्ल

रिजर्भ खेलाडीमा प्रतिश जीसी , नारायण जोशी, राशिद खान



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा