"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालविरूद्ध पहिलो टी-२० खेलमा युएई विजयी

प्रकाशित मिति :  20 April, 2026 9:32 pm


काठमाडौं – वर्षाले प्रभावित नेपालविरूद्धको पहिलो टी-२० खेलमा युएई विजयी भएको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले नेपालमाथि ६ विकेटको जित निकालेको हो। वर्षाका कारण १० ‌ओभरमा ७८ रनको लक्ष्य पछ्याएको युएईले ८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

युएईका लागि कप्तान तथा ओपनर मोहमद वासीमले १५ बलमा ३३ रन जोडे। उनले पहिलो ओभरमा डेब्यू खेलाडी हेमन्त धामीलाई २० रन प्रहार गरेका थिए।  बलिङमा नेपालमा सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ८ रन खर्चिएर ३ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहदा वर्षाले खेल रोकिएको थियो। जसका कारण खेल १० ओभरमा झारियो।

नेपालले खराब ब्याटिङ गर्दा लगातार विकेट गुमाएको थियो। तेस्रो ओभरमा अर्जुन साउद १३ रनमा बोल्ड भए। जुनइद सिद्धिकीबाट बोल्ड हुनुअघि उनले ११ बलमा ३ चौका प्रहार गरे।  दुई ओभरपछि सन्दीप जोरा पनि ६ रन बनाएर पेभिलियन फर्किए। पावरप्लेमा तेस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल छैटौं ओभरमा रनआउटको सिकार बने। उनले ९ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन बनाए। 

कुशल मल्लले २१ बलमा १ चौकाको मद्दतमा १७ रन बनाउन सके। उनी ११औं ओभरमा जुबइरको एलबिडब्लूको धरापमा परे।  त्यसपछि बसिर अहमद ११ बलमा १४ रन जोडेर आउट भएका थिए। गुल्सन झाले १ रन मात्र जोड्न सके। त्यतिबेला नेपालले १६ ओभर चल्दै गर्दा छैटौं विकेट  गुमाएको थियो। 

सुस्त ब्याटिङ भइरहेको बेलमा नन्दन यादवले ७ बलमा २ छक्का प्रहार गरेर १३ रन जोडेका थिए। उनी १७औं ओभरमा दुई छक्का प्रहार गरे लगत्तै क्याच भए। अर्को ‌ओभरमा शेर मल्ल शून्यमा आउट भएका थिए।  खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रन बनाएर खेलिरहेका थिए। बलिङमा युएईका जुहइबले ३ विकेट लिएका थिए।  अब दोस्रो खेल मंगलबार हुनेछ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदान मा यूएईविरुद्ध हुने टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल

काठमाडौँ- नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आईसीसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ। उक्त

काठमाडौं — नेपालको ऊर्जा समाधान प्रदायक कम्पनी एसियन ब्याट्रिज लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आधिकारिक ब्रान्ड एम्बासडर चयन

काठमाडौँ- न्युजिल्यान्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्यान्डमाथि