"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘किसानसँग सरकार’ कार्यक्रम लागू गरिने

प्रकाशित मिति :  29 May, 2022 5:12 pm


काठमाडौँ । सरकारले किसानसँग सरकार कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम लागू गरिने बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री शर्माले योगदानमा आधारित किसान पेन्सन योजना लागू गर्न किसान हित कोषको स्थापना गरिने बताएका छन् । उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने छ । कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत् एक अर्ब रुपैयाँ छुट्याइएको छ ।

किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो