"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हरेक स्थानीय तहमा सहुलियत पसल सञ्चालन गरिने

प्रकाशित मिति :  29 May, 2022 5:34 pm


काठमाडौँ । सरकारले न्यून आय भएका गरिब परिवारका लागि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हरेक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरिने बताएका हुन् ।

त्यस्तै न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने भएको छ । थोरै आय भएका परिवारहरूलाई परिचयपत्रको आधारमा सहुलियतदरमा सामग्री उपलब्ध गराउनेसमेत अर्थमन्त्री शर्माले बताएका हुन् ।

‘न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने छ,’ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने, ‘हरेक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरी सोही परिचयपत्रको आधारमा सहुलियतदरमा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक