"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

प्रकाशित मिति :  7 May, 2026 9:01 pm


काठमाडौँ — संवैधानिक परिषदको बिहीबार बसेको बैठकले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार अपराह्न भएको बैठकले उक्त निर्णय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जानकारी दिए।

उनले आफू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बाहेक अरू सबैले शर्माकै पक्षमा मत राखेको बताए। संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रतिपक्षी दल नेता र कानुनमन्त्री रहने व्यवस्था छ।

लामो समय अधिवक्ताका रूपमा सक्रिय रहँदै आएका शर्मा कानुनी अभ्यास, अनुसन्धान र न्यायिक जिम्मेवारीका विभिन्न तह पार गर्दै सर्वोच्च अदालतसम्म पुगेका हुन्। संवैधानिक परिषदले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ।  प्रतिनिधि सभाको बैठक बिहिबार बिहान

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले २००७ सालयता भएका आन्दोलन र बलिदानीहरूको स्मरण गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले २००७,

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । चितवनको भतरपुरमा आजदेखि सुरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि