"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरपालिका मेयर बालेन र उपमेयर सुनिताले लिए सपथ

प्रकाशित मिति :  30 May, 2022 12:47 pm


काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र सहले पद तथा गोपनीयताको सपथ लिएका छन्।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले साहलाई मेयर पदको गोपनीयताको सपथ गराएका हुन्। बालेनले आफूले सपथ ग्रहण गरेपछि उपप्रमुख सुनिता डंगोललाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्षसहित सदस्यले आजै पदबहाली गर्ने भएका छन्। कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन्।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो। कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन्।

वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय भएका छन्।

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ। यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले