"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रासायनिक मल नाकासम्म आयो तर ढुवानी किन भएन ?

प्रकाशित मिति :  1 June, 2022 12:43 pm


काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । तर यस वर्ष समयमा मल पर्याप्त मात्रामा आपूर्ति नहुँदा धानखेती गर्ने बेला मलको अभाव देखिने कृषि सामग्री कम्पनीका मौज्दात शाखा प्रमुख रुपबहादुर कुँवर बताउँछन् ।

‘यस वर्ष धान रोप्ने समयमा मल अभाव हुने देखिन्छ’, उनले भने, ‘सुदूरपश्चिम प्रदेशका लागि भैरहवा नाकामा दुई हजार १०० मेट्रिक टन डिएपी मल आइपुगेको छ ।’ कुँवरले मल नाकामा आए पनि इन्धनको मूल्य अधिक बढेर ढुवानीमा समस्या हुँदा आएको मल प्रदेशमा भित्र्याउन नपाएको बताए । मल ल्याउनका लागि प्रदेशमा रहेका कृषि सहकारीलाई प्रधान कार्यालय र प्रदेशको स्वीकृति लिएर भैरहवाबाटै मल ल्याउन दिने व्यवस्था गर्न थालिएको उनले बताए ।

‘कैलालीमा रहेका ९५ कृषि सहकारीलाई मल ल्याउनका लागि स्वीकृत दिइएको छ’, उनले भने, ‘भैरहवा नाकाबाट मल ल्याउनका लागि सबै क्षेत्रमा मलको समानुपातिक वितरण भई मलको सहजताका लागि सहकारीलाई सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।’ आवश्यकता हेरी धनगढीबाट टीकापुरसम्म मलको कोटा निर्धारण गरिएको उनी बताउँछन् । अब सहकारीले ल्याएमा मात्र किसानले समयमा मल पाउने देखिएको छ ।

रासायनिक मलका लागि जिटुजीमार्फत् डेढ लाख मेट्रिक टन भारतबाट खरिदको सम्झौता भएको छ । बर्खे धानखेतीका लागि भनेर सरकारले आपूर्तिका लागि सम्झौता गरे पनि जिटुजीमार्फत अहिलेसम्म नआएको सम्झौताअनुसार मल असार दोस्रो सातासम्म पुग्न सक्नेमा आशङ्का रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो