रास्वपा उपसभापति वाग्ले निर्विरोध निर्वाचित, केन्द्रीय सदस्य को-को भए ?[सूचीसहित]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अन्य नेताको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए। रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक महिला अनिवार्यसहित २ जना चुनिनेछन् भने १ जना सभापतिबाट मनोनयन हुनेछन्।
प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूको अन्तिम नामावली तथा उनीहरूले प्राप्त गरेको मत सार्वजनिक गरेको छ। पार्टीले विद्युतीय (इलेक्ट्रोनिक) मतदान प्रणालीमार्फत देशभित्र र प्रवासमा रहेका प्रतिनिधिका लागि मोबाइल एपमार्फत गरिएको मतदानबाट निर्वाचित केन्द्रीय सदस्यहरूको मत परिणामसहितको अन्तिम सूची औपचारिक रूपमा सार्वजनिक गरेको हो।
रास्वपाको विधानअनुसार केन्द्रीय समिति १५० सदस्यीय रहने व्यवस्था छ। यसमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित भएका छन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।
यसअघि पार्टी सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए।
१. राष्ट्रिय खुला
१. डा. स्वर्णिम वाग्ले
२. सोविता गौतम
३. शिशिर खनाल
४. सागर ढकाल
५. डा. तोसिमा कार्की
६. रञ्जु दर्शना
७. मनिष झा
८. हरि ढकाल
९. कविन्द्र बुर्लाकोटी
१०. विपिन कुमार आचार्य
११. रमेश प्रसाई
१२. विराज भक्त श्रेष्ठ
१३. निशा डाँगी
१४. इन्दिरा राना मगर
१५. गणेश पराजुली
१६. पुकार बम
१७. जगदीश खरेल (ललितपुर)
१८. सुलभ खरेल
१९. यज्ञमणि न्यौपाने
२०. प्रमोद न्यौपाने
२१. सस्मित पोखरेल
२२. रीमा विश्वकर्मा
२३. राजुनाथ पाण्डे
२४. राजीव खत्री
२५. समिक्षा बास्कोटा
२६. गणेश कार्की
२७. खगेन्द्र सुनार
२८. असिम साह
२९. हिमेश पन्त
३०. जगदीश खरेल– दोलखा
३१. गीता चौधरी
३२. लिमा अधिकारी आचार्य
२. खस / आर्य समूह
पुरुष:
१. सुशान्त वैदिक
२. सुदीप ढकाल
३. हेमराज भट्ट
४. प्रदिप विष्ट
५. डिल्लिेश्वर कार्की (रोहन)
महिला:
६. प्रकृति ढकाल
७. टिका संग्रौला (ज्वाला)
८. क्रान्तिशिखा धिताल
९. जमुना शर्मा
१०. सुशिला कार्की पोख्रेल
३. आदिवासी / जनजाति तर्फ
पुरुष:
१. मिलन लिम्बु
२. शंकर श्रेष्ठ
३. मिङ्मा डण्डु शेर्पा
४. महेश लामा
५. कृष्णमान श्रेष्ठ
महिला:
६. आशिका तामाङ्ग
७. अनुष्का श्रेष्ठ
८. निशा श्रेष्ठ
९. कुशुम महर्जन
४. थारु समूह
१. करिश्मा कठरिया (महिला)
२. अशोक कुमार चौधरी (पुरुष)
५. मधेशी समूह
१. बब्लु गुप्ता (पुरुष)
२. अरविन्द साह (पुरुष)
३. दिपक कुमार साह (पुरुष)
४. जुली यादव (महिला)
५. कामिनी कुमारी चौधरी (महिला)
६. दलित समूह
१. विजय जैरु (पुरुष)
२. शिव नेपाली (पुरुष)
३. सविना वि.क. (महिला)
४. खिमा बि.क. (महिला)
७. मुस्लिम समूह
१. समिना मिया (महिला)
२. रहबर अन्सारी (पुरुष)
८. प्रादेशिक क्लस्टर
क) कोशी प्रदेश
१. निशा मेहता
२. विश्वराज पोखरेल
३. शोभा कार्की
४. कल्पना थापा
५. सुजाता तामाङ
ख) मधेश प्रदेश
१. सुस्मा बस्नेत
२. सुनिता कुमारी चौधरी
३. नमिता यादव
४. मञ्जु सिंह
५. अंकित कुमार यादव
ग) बागमती प्रदेश
१. प्रभा ढकाल
२. विदुशी राणा
३. आकांक्षा पोखरेल
४. अनिता श्रेष्ठ
५. पार्वती थापा
घ) गण्डकी प्रदेश
१. पवित्रा थापा
२. मनिष खनाल
३. सागर भुसाल
४. सोम शर्मा
५. विष्णु कुमारी गुरुङ (एकता)
ङ) लुम्बिनी प्रदेश
१. कल्पना पाण्डे
२. संगिता ढकाल
३. ज्ञानु पौड्याल
४. देवराज पाठक
५. सर्मिला खनाल
च) कर्णाली प्रदेश
१. सिता बादी
२. विनिता कठायत
३. टासी ल्हाइङगजोम
४. मेनुका शाही
५. प्रकाश न्यौपाने
छ) सुदूरपश्चिम प्रदेश
१. हेमराज थापा
२. के. पी. खनाल
३. दीपक राज बोहरा
४. जानीका जोशी
५. चन्द्रा ऐर चाँदनी











