"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा १८ वर्षमाथिका ७० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

प्रकाशित मिति :  3 February, 2022 6:08 pm


२० माघ, काठमाडौं । नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या (१८ वर्षभन्दा माथि उमेर समूह) को ७०.७ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले ट्वीटरमार्फत नेपाललाई ७० प्रतिशत वयस्क जनसंख्यालाई पूर्ण खोप लगाउन सफल भएकोमा बधाई समेत दिएको छ । डब्ल्यूएचओ नेपालले यसलाई नेपाल तथा सहयोगी निकायको ठूलो सफलता समेत भनेको छ ।

१८ वर्षमाथिका ८६.९ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएको मन्त्रालयएको तथ्यांकमा उल्लेख छ ।

सरकारले चैत मसान्तसम्मा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार