"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिमा सांसदहरूको हेरफेर र चयन

प्रकाशित मिति :  १८ जेष्ठ २०७९, बुधबार १३:३२


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारको प्रतिनिधिसभा बैठकबाट २६ जना सांसदको संसदीय समिति चयन तथा परिमार्जन गरेका छन् । संसदीय समिति हेरफेर नहुँदा विगतमा मन्त्री बनेका कतिपय सांसद समितिमा पुगेका थिएनन् । सभामुखले कार्यव्यवस्था परामर्श समितिका सदस्य पनि हेरफेर गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुगेका छन् । उनी यसअघि संसदीय समितिमा थिएनन् । प्रधानमन्त्री सबै समितिको पदेन सदस्य रहने व्यवस्थाअनुसार उनी पनि प्रधानमन्त्री रहँदासम्म सबै समितिका पदेन सदस्य थिए । तर, समिति हेरफेर नहुँदा सरकारबाट बाहिरिए पनि उनी समितिमा पुगेका थिएनन् । 

तत्कालीन प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा रहेका अन्य सांसदहरूको पनि समिति टुंगो लगाइएको छ । एमाले सांसदहरू ईश्वर पोखरेल र प्रदीप ज्ञवाली पनि अन्तर्राष्ट्रिय सम्बन्ध समिति पुगेका छन् । एमाले सांसद भानुभक्त ढकाल कानुन, न्याय तथा मानव अधिकार समितिमा पुगेका छन् । एमालेकै अर्का सांसद पार्वत गुरुङ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र कृष्णगोपाल श्रेष्ठ राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।

एमालेले वसन्तकुमार नेम्वाङ र पद्मा अर्याललाई विकास तथा प्रविधि समितिमा पठाएको छ । त्यस्तै, शिवमाया तुम्बाहाम्फे र गणेशसिंह ठगुन्नालाई सार्वजनिक लेखा समितिमा लगेको छ । माओवादीले शक्तिबहादुर बस्नेतलाई कृषि समितिबाट राज्यव्यवस्था तथा सुशासन समितिमा पठाएको छ । त्यस्तै, हरिराज अधिकारीलाई अर्थ समितिबाट राज्यव्यवस्था समितिमा लगेको छ । कांग्रेसले मीनेन्द्र रिजाललाई अर्थ समितिमा राखेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार हरेक समितिमा २७ जना सदस्य रहन्छन् । नियमावलीको नियम १७२ मा विषयगत समितिमा सभामुखले प्रतिनिधिसभाको सहमति लिई पदेन सदस्यबाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाअन्तर्गत दशवटा समिति छन् । संसद् सचिवालयका अनुसार दशवटा समितिमध्ये सातवटामा २७–२७ सदस्य रहनेछन् । बाँकी तीनवटा समितिमा २६–२६ जनाका दरले बस्नेछन् । सचिवालयका अनुसार सत्तामा रहने संसदीय दलको प्रत्येक समितिमा कम्तीमा एक र बढीमा दुईजनासम्म सदस्य कम हुन्छन् ।

कार्यव्यवस्था परामर्श समितिको हेरफेर हुँदा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल, खगराज अधिकारी, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र शेरबहादुर तामाङ रहेका छन् । कांग्रेसबाट सचेतक पुष्पा भुषाल, बहादुरसिंह लामा, राजेन्द्र केसी सदस्य रहेका छन् । माओवादीबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, रेखा शर्मा र रामकुमारी चौधरी छन् । लोसपाबाट उमाशंकर अरगरिया, एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ र जसपाबाट प्रमोद साह सदस्य रहेका छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले