सात विश्वविद्यालयमा उपकुलपति नियुक्त
काठमाडौँ – प्रधानमन्त्री वालन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। कुलपतिसमेत रहेका प्रधामन्त्री शाहले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन्।
उनले त्रिभुवन विश्वविद्यालयमा डा.भोलाा थापालाई उपकुलपति नियुक्त गरेका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्विद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।
नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरेका छन्। खुला प्रतिस्पर्धाबाट उनीहरूलाई उपकुलपति नियुक्त गरिएको हो। उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो।
समितिले गरेको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार उनीहरूलाई कुलपति नियुक्त गरेका हुन्।













