"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता

प्रकाशित मिति :  7 June, 2022 8:58 am


काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो। जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।

तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो। वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो।

यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए। कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।

आजैमात्र आइतबार पनि बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ — गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ ।  मन्त्रालयको आइतबारको निर्णयानुसार सहसचिव

काठमाडौँ- अन्तरिम सरकारले खर्च कटौतीलाई प्राथमिकतामा राख्दै सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिव र उनीहरूलाई दिइँदै आएका सुविधा खारेज गरेको छ। आगामी

काठमाडौं – स्थानीय तह पुनर्संरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ। संघीय मामिला तथा