"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको जवाफ : एसपीपीमा नेपाल संलग्न छैन, संलग्न पनि हुदैन

प्रकाशित मिति :  16 June, 2022 4:32 pm


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा नेपाल अहिलेसम्म संलग्न नभएको, र संलग्न हुने सोच पनि नरहेको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमा रक्षा मन्त्रालयबारे उठेका सवालहरूबारे प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले कुनै पनि विदेशी सेनाले टुँडिखेलमा आएर परेड खेल्छ भनेर नसोच्न आग्रह गरे ।

‘माननीयज्यूहरूले फेरि पनि प्रश्न उठाउनुभयो, म प्रस्टसँग भन्न चाहान्छु, एसपीपीमा नेपाल संलग्न छैन, संलग्न हुने सोच पनि छैन । यो कुरामा सरकारका तर्फबाट म प्रतिबद्धता जनाउछु,’ उनले भने ।

गृहमन्त्री खाँणले नेपालले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका रूपमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेको स्मरण गराए । ‘यसकारण पनि हामी कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्नै सक्दैनौँ । त्यसैले नेपाल र नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्न सक्दैन, बन्दैन,’ उनले भने ।

उनले विपद्का बेला भने छिमेकी र मित्रराष्ट्रहरूबीच सैनिक सहयोग हुने गरेको बताए । ‘प्राकृतिक विपद् र मानवीय सेवाको क्षेत्रमा उद्धार र राहतका लागि सेनाहरू आएका छन् । हामीले पनि पठाएका छौँ । ०७२ को भुकम्पको बेला ३४ वटा देशबाट सेनाहरू आएर सहयोग गरे । मानवीय सहयोगहरू पनि उपलब्ध भए, नेपालले पनि आवश्यक पर्दा अन्य मुलुकलाई सहयोग पुर्‍याउदै आएको छ,’ उनले भने ।

मन्त्री खाँणले एसपीपी र एमसीसी परियोजनालाई तुलना गरेर हेर्न नमिल्ने बताए । ‘एसपीपीमा नेपालको कुनै चासो छैन, इच्छा पनि छैन । तर, एमसीसी परियोजना संसद्‍बाट करिब–करिब सहमतिमै पास भइसकेको छ,’ उनले भने, ‘एमसीसी एउटा आर्थिक सहयोगको परियोजनामात्रै हो । यो कुनै सैन्य गठबन्धन होइन । यो त बरु विकास परियोजना हो । दुनियाँका अविकसित मुलुकहरूलाई कसरी विकसित बनाउने भन्ने सोचका साथ आएको परियोजना हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको