"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा जवाफ दिन नगएर प्रधानमन्त्री एनआरएनएको कार्यक्रममा

प्रकाशित मिति :  २ असार २०७९, बिहीबार १६:४२


काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले आज मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।

तर प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि प्रधानमन्त्रीको खोजी गरिएको हो।

संसदमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री किन संसदमा उपस्थित नभएको हो भन्ने प्रश्न गरेका छन्।

‘यो संसदमा प्रधानमन्त्री किन उपस्थित हुन सक्नुभएन?,’ उनले प्रश्न गरे, ‘बिरामी हुनुहुन्छ कि, कुनै अस्पताल भर्ना हुनुभएको हो कि? विदेश जानु भएको हो कि!’

प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार संसदमा जवाफ दिनुपर्ने बताए। ‘बिरामी र विदेश गएको हो भने संसदलाई जानकारी हुनुपर्छ,’ उनले भने, ‘विना जानकारी प्रधानमन्त्री अनुपस्थित हुनुभएको छ। यो मिल्दैन।’

पहिले पनि प्रधानमन्त्रीले अर्को मन्त्रीलाई जवाफ दिन लगाएको र प्रश्न उठेपछि प्रधानमन्त्री नै आएर जवाफ दिएको पनि उनले बताए। ‘प्रधानमन्त्रीलाई नै आफ्नो जिम्मेवारीअनुसार जवाफ दिन लगाउनुपर्छ। होइन भने के कारणले आउन सक्नुभएन?,’ उनले भने, ‘विदेश जानुभएको भए यहाँ अर्को मन्त्रीले बोल्न पाउनुहुन्छ।’

यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीबाट संसदमा पत्र पठाएर जानकारी दिएको बताएका थिए।

प्रधानमन्त्री देउवा एनआरएनएको ‘गैरआवासीय नेपाली नागरिकता’ लगायत विषयमा आयोजित कार्यक्रममा गएका छन्। होटल र्‍याडिसनमा आज एनआरएनएको कार्यक्रम छ। प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई एनआरएनएले बोलाएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह