"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरित

प्रकाशित मिति :  6 February, 2022 3:26 pm


१९ माघ, भक्तपुर । भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ ।

भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरूको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरूको अनुगमन गरिएको थियो ।

वधशाला फोहर हुँदा यहाँबाट बजार जाने मासु पनि स्वस्थ्यकर नहुने र यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने उनले बताए । वधशालालाई अझ बढी व्यवस्थित गरी तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने संयोजक गोराको भनाइ छ । अधिकांश वधशालामा भुईं र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, फोहोर पानी निकासको व्यवस्थापन नभएको, पानी शुद्धिकरण नगरेको, पशुपंक्षी वधयोग्य भए/नभएको परीक्षण नगरेको र राँगा वध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरिएको पाइएको उनले बताए ।

महेश्वरी सप्लार्यस, जय महेश्वरी माँ फ्रेस मिट, न्यू महेश्वरी हाइजेनिक मिट शप, वधस्थल सरसफाइमा ध्यान नदिएको, किमा बनाउने मेसिन र टेबुल सफा नराखेको, एप्रोन सेतो र सफा नगरेको, फोहोरहरू व्यवस्थित नगरेकाले मापदण्डभित्र रहेर सञ्चालन गर्न निर्देशन दिएको छ । कतिपय पसलले पसल नवीकरण गर्न र तराजु पनि नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र नवीकरण गर्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा