"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रभावकारी कार्यसम्पादन गर्न प्रजिअहरूलाई गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति :  6 February, 2022 3:51 pm


२० माघ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिएका हुन् ।

जिम्मेवारी राम्रोसँग निभाएका प्रजिअलाई मन्त्रालयले तोकिएभन्दा समय प्रजिअ बनाएर राख्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले ले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यस दिनसम्म प्रभावकारी काम गर्न सुझाए । सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रजिअको रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी प्रजिअको रहेको उनले बताए ।

कोभिड–१९ को महामारीका बेलामा आफैँ सङ्क्रमित भएर पनि शान्ति सुरक्षा सबल बनाउनमा भूमिका खेलेकाप्रति धन्यवाद दिँदै मन्त्री खाँणले आगामी दिनमा त्योभन्दा राम्रो काम हुने विश्वास व्यक्त गरे । कतिपय प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको सन्दर्भ जोड्दै मन्त्री खाँणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिए ।

जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो । विशेष गरी पहाडी जिल्लामा सवारी दुर्घटना बढिरहेकाले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नतर्फ लाग्न उनले आग्रह गरे। गृह सचिव टेकनारायण पाण्डेले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रशासन कार्यालयबाट प्राप्त हुने सेवा सुविधा सहज बनाउन तथा परिस्थितिअनुरूप कोभिड–१९ सम्बन्धी आदेशलाई पुनरावलोकन गर्न पनि निर्देशन दिए ।

बैठकमा एक प्रदेशबाट एक प्रजिअले वस्तुस्थितिबारे जानकारी गराएका थिए । प्रदेश नं १ बाट मोरङका प्रजिअ काशीराज दाहाल, मधेस प्रदेशबाट पर्साका प्रजिअ उमेशकुमार ढकाल, बागमती प्रदेशबाट मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, लुम्बिनी प्रदेशबाट रुपन्देहीका प्रजिअ ऋषिराम तिवारी गण्डकी प्रदेशबाट कास्कीका प्रजिअ जयराज आचार्य, कर्णाली प्रदेशबाट सुर्खेतका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट कैलालीका प्रजिअ किरण थापाले प्रदेशको वस्तुस्थितिका बारे धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा