"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकता विधेयक संसद्बाट छिटो पारित गर्नुपर्ने आवश्यकता : सभामुख सापकोटा

प्रकाशित मिति :  26 June, 2022 10:53 am


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए ।

‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ । यही सदनबाट पास गर्नुपर्छ । आठ वटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ,’ उनले भने, ‘प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो । संसद्लाई जीवन्त बनाउने सङ्कल्प हामीले लिएका छौँ ।’

उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए । ‘कानुन निर्माण गर्ने मात्र होइन, गुणस्तरीय कानुन बनाउनु पनि हाम्रो दायित्व हो,’ सभामुख सापकोटाले भने, ‘हाम्रो कुनै स्वार्थ छैन, मात्र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कुनै कानुन नल्याइने बताएका छन्। आइतबार नेपाली कांग्रेसनिकट नेपाल