"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डर र प्रभावमा न्याय सम्भव छैन, लडाइँ अझ बाँकी नै छ : कामु प्रधानन्यायाधीश मल्ल

प्रकाशित मिति :  9 May, 2026 6:20 pm


काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैखाले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी हुन्।

‘म हाम्रा सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्,‘चाहे त्यो दुई तिहाइ सरकारको डर किन नहोस्, चाहे त्यो महाअभियोगको डर किन नहोस्।’ मल्लले सबैखाले डर र भयबाट मुक्त भएर अदम्य साहसका साथ अगाडि बढ्न आग्रह गरिन्। उनले लडाइँ अझ बाँकी नै रहेको जिकिर गरिन्।

‘म आफैँ जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ, कानुन व्यवसायी हुँदादेखि नै, लडाइँ अझ बाँकी नै छ,’ मल्लले भनिन्। सक्षम, शुद्ध र न्यायका लागि प्रतिबद्ध रही काम गर्नुपर्नेमा उनले जोड दिएकी छन्। कामु प्रधानन्यायाधी मल्ले विधिको शासन, संविधानवादलगायतको संरक्षण गर्न अपिल गरिन्।

‘यस गम्भीर एवं कहालीलाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार तथा न्यायपालिकाको स्वतन्त्रता एवं मर्यादालाई संरक्षण गर्न, आमनागरिक, नेपाल बार एशोसिएसन, नागरिक समाज र आमसञ्चारलाई मेरो अपिल छ,’ उनले भनिन्।

संविधानलाई यथास्थितिमा राखेर संविधानविरूद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने उनको भनाई थियो। मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाने भन्न नसकिने जिकिर गरिन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई