"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभाबाट तीन विधेयक बहुमतले पारित

प्रकाशित मिति :  27 June, 2022 6:11 pm


काठमाडौं। राष्ट्रियसभाको सोमबारको तेस्रो बैठकले तीनवटा विधेयकलाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री शर्माले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९पच्चीसौं संशोधन० विधेयक, २०७९ प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री शर्माले राखेका प्रस्तावमा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनवटै विधेयकलाई निर्णायर्थ प्रस्तुत गर्नुहुँदा बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । ती विधेयक अलग–अलग रुपमा प्रस्तुत गरिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी