"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभाबाट तीन विधेयक बहुमतले पारित

प्रकाशित मिति :  27 June, 2022 6:11 pm


काठमाडौं। राष्ट्रियसभाको सोमबारको तेस्रो बैठकले तीनवटा विधेयकलाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री शर्माले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९पच्चीसौं संशोधन० विधेयक, २०७९ प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री शर्माले राखेका प्रस्तावमा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनवटै विधेयकलाई निर्णायर्थ प्रस्तुत गर्नुहुँदा बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । ती विधेयक अलग–अलग रुपमा प्रस्तुत गरिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको