"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एघार महिनामा ३६ लाखको दही र ५० लाखको चिउरा भित्रियो

प्रकाशित मिति :  29 June, 2022 2:38 pm


काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३६ लाख रुपैयाँको दही र ५० लाख रुपैयाँको चिउरा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालूवर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको दही र चिउरा भित्रिएको हो ।

यसअवधिमा नेपालमा विदेशबाट नेपालमा १६ हजार किलो दही आयात भएको छ । उक्त परिमाणको दही आयात गर्दा ३६ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, यसबापत आयातकर्ताले सरकारलाई १० लाख ९५ हजार रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपाल भित्रिएको दहीमध्ये स्पेनबाट सबैभन्दा धेरै भित्रिएको छ । स्पेनबाट मात्रै नेपालमा ११ महिनाको अवधिमा ३१ लाख ३० हजार रुपैयाँ बराबरको ८ हजार ५१३ किलो दही भित्रिएको छ । यसपछि बंगलादेशबाट ४ लाख ८० हजार रुपैयाँको र भारतबाट ३६ हजार रुपैयाँको दही आयात भएको छ । 

यसअवधिमा, विदेशबाट १ लाख २० हजार किलो चिउरा भित्रिएको छ । यसको मूल्य ५० लाख रुपैयाँ हुन आउँछ । यस्तै, व्यापारीले चिउरा आयात गरेबापत राज्यलाई ७ लाख ६५ हजार रुपैयाँ भन्सार शूल्क बुझाएका छन् । र, यस अवधिमा नेपाल भित्रिएको सबै चिउरा भारतबाट मात्रै भित्रिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय