"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विरुवा गाउपालिकाको नीति तथा कार्यक्रममा, जनस्तरका माग प्राथमीकतामा

प्रकाशित मिति :  30 June, 2022 1:12 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारबाट दक्षिण पूर्वमा पर्ने सुन्दर रमणीय ग्रामीण भौगोलिक परिवेशको विरुवा गाउँपालिकाले यस आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा जनस्तरका मागहरुलाई प्राथमीकतामा राखेको छ ।

पालिकाले नीति तथा कार्यक्रमको मसौदामा जनसहभागीतालाई जोड दिदै नागरिकको जीवनस्तरलाई समृद्ध बनाउन सकिने मागहरुलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी नागरिकलाई पालिकासंगको अपनत्वका अनुभूतीमा जोड दिएको पालिकाका अध्यक्ष सुर्य बहादुर कुवँरले बताउनु भयो ।

मुख्यतः पालिकाले शिक्षा र स्वास्थ्यलाई जोड दिदै लोकप्रीय कार्यक्रमहरुको परिकल्पना गरेको छ । जसमा विद्यार्थीहरुलाई केन्द्रीत गर्दै निशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने, २०७९ साललाई शैक्षिक गुणस्तर सुधार बर्षको रुपमा अभियान सचालन गर्ने तयारीमा छ । त्यस्तै पालिकामा अध्ययनको दायरा फराकिलो बनाउन पालिकास्तरीय सुविधा सम्पन्न पुस्तकालयको स्थापना गर्ने योजना आगाडी ल्याईएको छ ।

कृषिमा आधुनीकिकरण र व्यवसायीकरण गर्नका लागी अनिवार्य कृषि तथा पशु बिमा, कृषकको उत्पादन बृद्धि र बजारको ग्यारेन्टिको लागी कृषि एम्वुलेन्स साथै कृषि तथा पशु हाट बजारको व्यवस्था गर्ने योजनामा छ । साथै एक वडा एक पशु तथा कृषि प्राविधिकको व्यवस्था गर्ने प्रकृयामा समेत पालिकाले योजना ल्याएको छ ।

संघ र प्रदेशसंगको समन्वयात्मक भूमिकाबाट वजेटको व्यवस्था गरी गाउपालिका र प्रत्येक वडा कार्यालयको रणनीतिक महत्वको  सडकको पहिचान गरी आगामी ५ बर्षभित्रमा कालोपत्रेको तयारीमा पालीका जुटेको छ । ग्रामीण सडकहरुलाई स्तारोन्नति गरि १२ महिना सञ्चालनमा ल्याउने कार्यक्रममा समेटेको छ ।

प्रत्येक वडाका स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा आधारभुत ल्याव सेवा सचालन गर्ने, ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य उपचार गर्ने, सुत्केरीहरुलाई पोषिलो र प्रजनन स्वास्थ्य सचेतना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छन् । वालवालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै हेल्दी बेबी कम्पुटिसन कार्यक्रम पनि अगाडी सारेको छ ।

त्यस्तै, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन योजना सम्झौता टोल टोल मै गएर एकिकृत घुम्ति सेवा मार्फत गर्ने प्रकृयामा पालिका रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त राज न्यौपानेले बताउनु भयो । साथै, पालिकाबाट भुक्तानि गरीने सबै प्रकारका भुक्तानिलाई फेसलेस, पेपरलेस र अनलाईन माध्यमबाट अगाडी बडाउने योजनाहरु यसै बर्षको नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।  

सामाजिक सुरक्षा भत्तालाई वडा वडा बाटै छिटो छरितो रुपमा वितरणको व्यवस्थाको घोषणा गरेसंगै त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । पालिकाले छिटै नै सामाजिक न्याय र सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा उल्लेखित सबै विषयहरुलाई यसै वर्ष भित्र हासिल गर्ने गरि अगाडी बडाएको जनाएको छ । यस वर्ष समुन्नति र सुशासनमैत्री योजनाहरुलाई अगाडी ल्याएकोमा जनस्तरमा समेत उत्साह थपिएको स्थानीयहरुको भनाई छ ।

वार्षीक नीति तथा कार्यक्रम, २०७९ हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले