"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभा बैठकबाट तीन आर्थिक विधेयक पारित

प्रकाशित मिति :  1 July, 2022 12:44 pm


काठमाडौं । राष्ट्रियसभा बैठकले तीन वटा आर्थिक विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

बैठकले पारित गरेको तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभा पठाएको थियो ।

राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक ‘फास्ट ट्रयाक’मा पारित भएको छ ।आइतबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको ‘औषधि (तेस्रो संशोधन) विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

यी दुबै विधेयक प्रतिस्थापन् विधेयक हुन् । कोरोना भाइरसको महामारीलाई ख्याल गरेर तत्कालीन सरकारले ल्याएको अध्यादेधलाई प्रतिस्थापन् गर्न वर्तमान सरकारले विधेयक ल्याएको हो ।

सामान्यतया विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल गरेर दफावार छलफलका लागि विषयगत समितिमा पठाउने अभ्यास छ । तर, यी तीन वटै विधेयकलाई भने राष्ट्रिय सभाले सभामै दफावार छलफल गरेर पारित गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको