"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मोदी र पुटिनबीच टेलिफोन संवाद : वार्ताबाटै समस्या समाधान गर्न मोदीको जोड

प्रकाशित मिति :  3 July, 2022 12:28 pm


नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ। 

रुस–युक्रेन युद्धका बारेमा नै उहाँहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन्। 

कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत् नै युक्रेनसँगको विवाद  अन्त्य गर्न पुटिनलाई आग्रह गर्नु भएको थियो। 

उहाँले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पार्नुभएको थियो। 

आफू सँधै वार्ता र कूटनीतिक पहलबाट नै यस्ता कुराको निकास निकाल्न सकिन्छ भन्ने पक्षमा रहेको उहाँको भनाई थियो।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “युक्रेनसँगको विवादलाई कूटनीतिक र वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्छ भन्ने आफ्नो लामो समयदेखिको पक्षधरता कायमै रहेको कुरा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग राख्नुभएको छ।”

भारतले युक्रेनमाथि रुसले आक्रमण गरेदेखि नै आक्रमण तत्काल रोक्न र वार्ता मार्फत दुई देशीय समस्या समाधान गर्न आग्रह गर्दै आएको थियो। भारतकै पहल र दबाबमा केही वार्ता भएपनि निष्कर्ष निस्कन भने सकेको थिएन।   

दुई नेताका बीचमा विगतमा भएका अन्य सहमति र सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको छ। 

गत वर्ष सन् २०२१ को डिसेम्बरमा पुटिनको भारत भ्रमणका क्रममा भएका सम्झौता र सहमतिको कार्यान्वयनको अवस्थाका बारेमा पनि उहाँहरूले समीक्षा गर्नु भएको थियो। 

विषेश गरेर दुई पक्षीय सम्बन्ध, व्यापार, कृषि सामग्री आदान प्रदानलगायतका विषयमा पनि उहाँहरूले कुराकानी गर्नु भएको अधिकारीहरूले जनाएका छन्।  

  • रासस/एएनआई 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ