"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रहरीमा ४४३ जना निरीक्षक (असई) माग

प्रकाशित मिति :  3 July, 2022 12:35 pm


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो । 

२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरेको जनाएको छ । यता २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५०३ जना थप गरी कुल जम्मा दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको छ । 

माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २१९ जना महिला रहेका छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट