"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृषि अनुदान र स्वास्थ्य उपकरण खरिदमा अनियमितता

प्रकाशित मिति :  3 July, 2022 1:09 pm


हेटौँडा ।  कृषि अनुदान वितरण र स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएसँगै बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७६/७७ देखि वितरण गरिएको कृषि अनुदान वितरणमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन उपसमिति गठन गरेर छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

यस्तै समितिले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट सिटी स्क्यान खरिद प्रक्रियामा अनियमितता भएको विषयले प्रदेश सभामा प्रवेश पाएसँगै छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सार्वजनिक लेखा समितिले कृषि अनुदान वितरण र स्वास्थ्य उपकरण खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न भन्दै समितिका सभापति न्हुक्षेमान श्रेष्ठ संयोजक, सदस्यमा प्रदेश सभा सदस्यद्वय प्रदेश चन्द्रबहादुर लामा र रमेश पौड्याल तथा सदस्य सचिव दीपक अधिकारी रहेको उपसमिति गठन गरेको छ ।

उपसमितिको पहिलो बैठकले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट सिटी स्क्यान खरिद प्रक्रियामा हालसम्म भएका प्रगतिको सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको उपसमितिका सदस्य पौड्यालले जानकारी दिनुभयो । यसैगरी उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट आव २०७६/७७ देखि हालसम्म भएको अनुदान वितरण सम्बन्धित शीर्षक, सोअन्तर्गतका सङ्ख्या, कुल अनुदान वितरण रकम र अनुदान प्राप्त गर्नेको विवरण सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय भएको बताउनुभयो । 

साथै समितिले प्रदेशअन्तर्गतका स्थानीय तहमा सार्वजनिक लेखा समितिको गठन र त्यसको प्रभावकारिताका सम्बन्धमा स्थानीय तहसँग छलफल गर्ने भएको छ ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले