"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

७ वटा नेपाली स्टार्टअपले पाए २४ करोड ५० लाख लगानी

प्रकाशित मिति :  3 July, 2022 6:49 pm


काठमाडौं । सातवटा नेपाली स्टार्टअपले ब्यबसाय विस्तारका लागि एकसाथ झण्डै २४ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो । देशभरबाट प्राप्त ३०० बढी प्रस्तावमध्येबाट अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो ।

यीमध्ये कम्युनिकेशन सोल्युसन प्रदायक भक्सक्रो स्टार्टअपले अध्ययन्ता भेन्चरबाट १ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । यस्तै स्किलसेवाले टीम भेन्चर, टेलि भेन्चर, अध्ययन्ता र ग्लोबल इक्वीटी फण्डबाट संयुक्तरुपमा साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । स्किल सेवाले होम इन्सपेक्सन सर्भिस प्रदान गर्दछ ।

यसैगरी डक्टर्स अन कलले टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीबाट संयुक्तरुपमा २ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको छ ।

कृषि क्षेत्रमा काम गरिरहेको खेतीले पनि दुई करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । उनीहरुलाई टीभ भेन्चर ग्लोबल इक्वीटीले संयुक्तरुपमा लगानी गरेको हो ।

स्कूल म्यानेजमेन्ट एप भेदाले साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीले संयुक्तरुपमा लगानी गर्ने सम्झौता गरेका छन् ।

यसैगरी डिजिटल एज नेपाल नामक स्टार्टअपमा अध्ययन्ता र मिालयन क्यापिटलले १ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् । डार्क म्याटर्स प्रोडक्सन कम्पनीमा ग्लोबल इक्वीटी, टीम भेन्चर र अध्ययताले डेढ करोड रुपैयाँ लगानी गर्न सम्झौता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी

प्युठान – धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा

काठमाडौँ– सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार

काठमाडौँ – यस वर्ष ६ सय ६१ जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार सूचना जारी