"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा ओलीको माग : बजेट निर्माणमा बिचौलिया प्रयोगबारे संसदीय छानबिन हुनुपर्दछ

प्रकाशित मिति :  4 July, 2022 2:58 pm


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभामा सोमबार सम्बोधन गर्दै उनले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् ।

अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भनिरहेका बेला एमाले अध्यक्ष ओलीले यस्ता अभिव्यक्ति गैरजिम्मेवार खालको भएको टिप्पणी गरे ।

‘यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन‚’ प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ‌ओलीले भने,’ योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?’

उनले मन्त्रीहरूले अनेक गर्दा पनि प्रधानमन्त्री निरीह भएर बसिरहेको आरोप लगाए । उनले कुनै अधिकारीले जिम्मेवारी नलिए प्रधानमन्त्रीय प्रणाालीमा प्रधानमन्त्री नै जिम्मेवार हुने उल्लेख गरे ।

‘अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न मिल्दैन‚’ ओलीले भने, ‘संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जवाफदेही भएनन् भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ ।उनले बजेटमा सेटिङ गरेर करको दर बढाउने-घटाउने गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको