"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

धरानका मेयर हर्क किन कड्किए कार्यपालिका बैठकमा ?

प्रकाशित मिति :  8 July, 2022 12:01 pm


सुनसरी ।धरान उपमहानगरपालिकाको बिहीबारको कार्यपालिका बैठकमा बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्षले टेबुल ठटाएपछि मेयर हर्क साम्पाङ कड्किए । ‘मैले बजेट बनाउने जिम्मा तपाईंहरुलाई नै दिएको हुँ । मैले कुनै कुरामा हस्तक्षेप गरेँ ? यसो गर्नुहोस् उसो गर्नुहोस् भनेँ ? आफूले गरेको कामलाई स्वीकार्न नसक्ने तपाईंहरुको सोँच के हो ? आफैंले जन्माएको छोरोलाई छोरा नभन्ने कोठाबाट बाहिर निस्केपछि ?’ । 

बजेटको विषयमा असन्तुष्ट जनाउँदै धरानमा वडा अध्यक्षले बजेट पास गर्न दिएका छैनन् । विवादकै कारण बैठक बस्न र बजेट पास हुन सकेको छैन । स्वतन्त्र रुपमा चुनाव जितेका हर्कलाई दोषि बनाउँदै राजनीतिक दलबाट चुनाव जितेका वडा अध्यक्षहरुले विभिन्न कारण देखाउँदै कार्यपालिका बैठक अबरुद्ध गरिरहेका छन् । त्यसैले बिहीबार सुरुमै हर्कले भने ‘के के गर्नुपर्ने हो आजै गर्नुहोस् । बजेट पास गर्नलाई पार्टीकै मेयर आउनुपर्ने हो ? तपाईंहरुले मलाई स्वतन्त्र भनेर हेपेको ? याद राख्नुहोस् म धराने जनताको म्यान्डेटअनुसार आएको हुँ । हेक्का राख्नुहोस् प्रतिद्धन्दी उम्मेदवारको भन्दा पाँच हजार मत बढि लिएर आएको छु ।’

उनले वडा अध्यक्षहरुलाई बजेट पास नभएर वडा कसरी चलाउनुहुन्छ ? भनेर प्रश्न गरे । उनले सोधे,‘ बजेट पास नभएर वडा कसरी चलाउनुहुन्छ ? खल्तीको पैसा हाल्नुहुन्छ ? कि डोनेसन माग्नुहुन्छ ? जहिले पनि बैठक सारेको छ, सारेको छ । तपाईहरु पनि चुनाव जितेर आको मान्छे हो ।  धराने जनतालाई के जवाफ दिनुहुन्छ ?’

बजेट बनाउने क्रममा वडाअध्यक्षहरुलाई आफूले पूरै अथोरेटि दिँदा पनि अवरोध पुर्‍याएको भन्दै आक्रोशित हुँदै उनी फेरि कड्किए ‘बजेट पास भएन भनेर मेयरलाई दोष थुपारेर आफू पन्छिन पाउँछु भन्ठानेको हो ? बजेट पास भएन भने मेयरले जिम्मा लिन्छ भन्ठानेको ? नगरपालिका मेरो मात्रै ठेक्का हो ? तपाईंलाई जनताले जिताका होइनन् ? यति गैरजिम्मेवार नबन्नुहोस् ।मैले विगत पनि हेरेर आको छु।’ धराने जनतालाई के जवाफ दिनुहुन्छ ? 

उनले बजेट पास गर्न ढिलो भइसकेको भन्दै उपमेयरमाथि पनि छलफल किन नचलाएको भन्दै प्रश्न गरे । उनले भने ‘तपाईंले छलफल चलाउनु भएन ? हामीले बजेट कहिले पास गर्ने ? ८० सालको असारमा ? बद्नाम भइसकियो अझै कति बद्नाम हुने ? कसलाई कति रुप्पे दिने, उपमेयर कोष बनाउने नबनाउने सबै तपाईंहरुले निर्णय गर्नुहोस् र बजेट पास गर्नतिर लाग्नुहोस् ।’ 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध झण्डै एक

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात

काठमाडौँ — हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय