"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

प्रकाशित मिति :  8 July, 2022 12:18 pm


एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। गोली लागेका आबेको अवस्था निकै गम्भीर रहेको बताइएको छ। नारा सहरमा आयोजित चुनावी भाषण गर्दैगर्दा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । 

जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका सिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि उनी ढलेका थिए।

उनको शरीर रक्ताम्मे देखिएको थियो। गम्भीर घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको छ । एकजना संदिग्धलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।