"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति :  २३ माघ २०७८, आईतवार १७:५५


Sushasan Nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्। 

योसँगै उपत्यकामा २१ हजार ८७९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ९ हजार ८५८, ललितपुरमा ८ हजार ८६१ र भक्तपुरमा ३ हजार १६० जना सक्रिय संक्रमित छन्।

देशभर पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।   

योसँगै नेपालमा ४५ हज २४८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्। 

यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । आइतबार

काठमाडौँ – पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी

 काठमाडौँ – सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने