"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति :  6 February, 2022 5:55 pm


Sushasan Nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्। 

योसँगै उपत्यकामा २१ हजार ८७९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ९ हजार ८५८, ललितपुरमा ८ हजार ८६१ र भक्तपुरमा ३ हजार १६० जना सक्रिय संक्रमित छन्।

देशभर पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।   

योसँगै नेपालमा ४५ हज २४८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्। 

यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार