"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावमा अन्तर्घातको छानबिन गर्न तीन सदस्यीय समिति गठन

प्रकाशित मिति :  9 July, 2022 3:21 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरूले नै निर्वाचनमा अन्तर्घात गरेको विषय उठाएकाले छानबिन समिति गठन गरिएको जानकारी दिए। छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन्।

त्यस्तै, बैठकले पछिल्लो समय विद्यार्थी तहमा पैदा भएको असहजता समाधानका लागि समेत तीन सदस्यीय सुझाव समिति गठन गरेको छ। सुझाव समितिमा पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका महराले जानकारी दिए ।

बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नका लागि प्रदेश इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समितिसमेत बनाएको छ। आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरू र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले बताए। बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठक गर्ने निर्णयसमेत गरेको छ।

प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, भदौ १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम राखेको जानकारी दिए। उनले पोलिटब्युरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार