"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाली राष्ट्रपति भागे

प्रकाशित मिति :  9 July, 2022 3:26 pm


एजेन्सी । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।

त्यसलगत्तै राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेको समाचार आएको हो । आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।

प्रदर्शनकारीहरूले भने राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए ।

प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा