"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाली राष्ट्रपति भागे

प्रकाशित मिति :  9 July, 2022 3:26 pm


एजेन्सी । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।

त्यसलगत्तै राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेको समाचार आएको हो । आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।

प्रदर्शनकारीहरूले भने राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए ।

प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन